बंगलाचुली गाउँपालिकाको बस्तुगत विवरण प्रणाली २०७७
बंगलाचुली गाउँपालिका
बंगलाचुली गाउँपालिका

भौगोलिक अवस्थिति

बंगलाचुली गाउँपालिका लुम्विनी प्रदेश अन्तर्गत दाङ जिल्लाको पूर्वोत्तर दिशामा रहेको छ । नेपालको संबिधान २०७२ अनुसार राज्य पुनसंरचना गर्ने सिलसिलामा नेपालको प्रदेश नं ५ अन्तर्गत दाङ जिल्लामा पर्ने यो बंगलाचुली गाँउपालिकाको स्थापना साविकका स्यूजा (१–९), काभ्रे (१–९), लोहारपानी (१–९) र हाँसिपुर (३–९) गरि ४ वटा साविकका गा.वि.स समावेश गरी २०७३ फाल्गुन २२ गते गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिकामा हाल ८ वटा वडाहरु कायम गरिएको छ । बंगलाचुली गाउँपालिका भौगोलिक हिसाबले ८२ डिग्री ३२ मिनेट देखि ८२ डिग्री ८६ मिनेट पूर्वी देशान्तर सम्म र २७ डग्री ५२ मिनेट देखि २८ डिग्री ०८ मिनेट उत्तरी अक्षांशसम्ममा फैलिएको छ । २४५.१४ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्व र उत्तरमा प्यूठान जिल्ला, पश्चिममा घोराही उ.म.न.पा., दक्षिणमा राप्ती गाउँपालिका र लमही नगरपालिका पर्दछन् । बंगलाचुलीको औषत अधिकतम तापक्रम ३४.९ डिग्री सेल्सियस पुग्छ भने हिउँदमा औषत न्यूनतम ४.८ डिग्री सेल्सियस सम्म रहन्छ । यस गाउँपालिकाको पूर्व र उत्तरमा  प्युठान जिल्ला अन्तर्गत सरुमारानी गाउँपालिका, माण्डवी गाउँपालिका र स्वर्गद्वारी नगरपालिका, पश्चिममा दाङ जिल्लाको घोराही उप-महानगरपालिका र दक्षिणमा दाङ जिल्लाका राप्ती गाउँपालिका र लमही नगरपालिका रहेका छन । गाउँपालिकाको अधिकांश क्षेत्र वनजंगल सहित पहाडी भूभागले ओगटेको भए पनि खेतीयोग्य उर्वर जमिन पनि उल्लेख्य मात्रामा रहेको छ । जल, जंगल, जमिन, जनावर र जडिबुटीको प्रचुर संभावना भएको यस गाउँपालिकाको नजीकै प्रशिद्ध तिर्थस्थल स्वर्गद्वारीपर्दछ।

बंगलाचुली गाउँपालिका

का स्युजा, काभ्रे, लोहारपानी र हाँसीपुर गरि ४ वटा गा.वि.स.हरु मिलेर २०७३ सालमा बनेको हो । यस बंगलाचुली

ऐतिहासिक चिनारी तथा नामाकरण

नेपालको विकासको इतिहासमा झण्डै सबैजसो समय राजनैतिक अस्थिरता र उतारचढावमा मात्र व्यतित भएको देखिन्छ । यसरी भन्दा नेपालको अविकासको प्रमुख कारण दिर्घकालिन ९ऋजचयलष्अ० राजनैतिक संक्रमणले विकास सम्बन्धी नीति तथा कार्यक्रमहरूलाई स्थिर ढंगले लागु गरी प्रतिफल प्राप्त गर्न वाधा श्रृजना गर्दछ । पृथ्वीनारायण शाहको एकिकरण अभियान र खास गरी सुगौली सन्धी पश्चात आधुनिक नेपालको भू–राजनैतिक सिमाना केहि स्थिर भइ यसले सार्वभौम राज्यको स्वरूप ग्रहण गरेको भएता पनि स्थानीय देवी देवता, मठमन्दिर, हिमाल, पहाड, नदिनाला आदिको नामले विभिन्न स्थान विशेषको नामाकरण गर्ने क्ममा स्थानीय देवी बंगलामाईको नाममा यस भू-क्षेत्रको नाम रहिआएकोमा २०७३ सालमा स्थानीय तहको निर्माणताका ४ वटा तत्कालिन गा.वि.स.हरुको सम्मिलनबाट पालिका बन्दा साझानाम स्वरुप बंगलाचुली नाम रहन गएको हो ।

​​​​​​​ राजनीतिक अवस्थिति

नेपालको संबिधान २०७२ ले परिलक्षित गरेको राज्य पुनसंरचनाको अवधारणा अनुसार तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको नमुना बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले मिति २०७३ पुस २२ मा पेश गरेको प्रतिवेदन अनुसार तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा देहायबमोजिम साविकका गा.वि.स.हरू स्युजा, काभ्रे, लोहारपानी र हाँसीपुर (वडा नं. १ र २ बाहेक) लाई समेटेर देहायबमोजिमका ८ वटा वडाहरू कायम गरी यो गाउँपालिकाको निर्माण गरिएको हो ।

तालिका नं. १:बंगलाचुली गाउँपालिकाको वडा विभाजन

हाल कायम गरिएको वडा नं

समावेश भएका साविक गा.वि.स. तथा वडाहरू

क्षेत्रफल

स्युजा # ४, ५, ६, ७, ८

२३.४९

स्युजा # १, २, ३, ९

१८.०७

काभ्रे # ६, ७, ८, ९

२८.७३

काभ्रे # १, २, ३, ४, ५

२८.४२

लोहारपानी # ३, ४, ५, ६, ७

२७.०

लोहारपानी # १, २, ८, ९

२६.९३

हाँसीपुर # ३, ४, ५, ६

३६.३९

हाँसीपुर # ७, ८, ९

५६.११

जम्मा

 

२४५.१४

स्रोतः गाँउ कार्यपालिकाको कार्यालय, २०७७

​​​​​​​ धरातलीय अवस्था

गाउँपालिकाको भौतिक अवस्थाको विवरण तयार पार्दा यहाँको धरातलीय अवस्थाका बारेमा उल्लेख गर्नु अनिवार्य हुन्छ । दक्षिण एसिया क्षेत्रमै सबैभन्दा ठुलो मानिएको दाङ उपत्यकाको सबैभन्दा पूर्वी भाग जहाँ महाभारत पर्वत श्रृङ्खलाको अधिकांश भू–भाग र दक्षिणतर्फ चुरे भू–भागको केही अंश अर्थात महाभारत र चुरेको संगमस्थल समेत रहेको यो गाउँपालिकामा अधिकांश क्षेत्रफल पहाडी थूम्का, भीर, पहरा, खोंच, खोलाहरूले निर्माण गरेको बेशी क्षेत्रहरूले बनेको छ । कुल २४५.१४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको अधिकांश भू–भाग वनजंगलले ओगटेको छ ।

क्षेत्रफलका हिसाबले मध्यम आकारको र महाभारत पर्वत श्रृखलामा रहेको यस गाउँपालिकामा धरातलीय विविधता भने पाईन्छ । भू–धरातलीय स्वरुपले विकास निर्माणमा अहम् भूमिका खेल्दछ ।

उचाईको भिन्नता हेर्दा समुद्र सतहबाट ३६० मी. देखि १८०० मी. .सम्मको भिन्नता रहेको पाईन्छ । यसरी गाउँपालिकाको समग्र भू–गोल उच्च हिमाली क्रिष्टलाईन निर्माणको चरणमा निर्माण भएकाले यी पहाडहरू महालङ्गुर हिमश्रृङखला अन्तर्गत पर्दछन् ।

​​​​​​​ प्राकृतिक सम्पदा

यस गाउँपालिकामाचुनढुङ्गा र कोइलाको भण्डार रहेको छ ।

​​​​​​​ साँस्कृतिक उत्कृष्टता

राष्ट्रिय र अन्तराष्ट्रियरूपमै ख्याति कमाएको प्रसिद्ध स्वर्गद्वारी धामको प्रमुख प्रवेशद्वारको रुपमा यो गाउँपालिका रहेको छ । देवीकोट तथा बागेश्वरी मन्दिर रहेको यो पालिका मगर संस्कृतिको केन्द्रको रुपमा रहेको छ ।

​​​​​​​​​​​​​​ विकासका संभावनाहरु

यस गाउँपालिकाको एक मात्र प्रमुख सम्पदा नै यहाँको वनजंगल भएकोले आर्थिक समृद्धिको आधार नै यो वनजंगललाई बनाउनुपर्छ । विशेषत वनजंगलको दिगो र वैज्ञानिक व्यवस्थापन मार्फत उच्च प्रतिफमुखी कार्यक्रमहरू जस्तै कृषिबन (Agro-Forestry) अन्तर्गत फलफूल तथा जडिबुटी खेति, पर्यापर्यटन, हरित क्षेत्र विकास, पशुपालन जस्ता कार्यक्रमहरूलाई व्यावसायिकरूपमा सञ्चालन गर्नु श्रेयस्कर देखिन्छ ।

विकास निर्माणको क्रियाकलापहरू सञ्चालन गर्न त्यहाँको भूबनोट महत्वपुर्ण हुने भएता पनि यहि जटिलता बीच उपलब्ध श्रोत र साधनको उच्चतम उपयोग गरी जंगल, जडिबुटी, फलफूल उत्पादन, पशुपालन, पर्यटन विकास, खानीको उत्खनन् जस्ता क्रियाकलापहरूलाई सघन र दिगोरूपमा सञ्चालन गरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।

यसको अलावा खेतियोग्य जमिन भने २० प्रतिशत भन्दा कम रहेको यस पालिकामा त्यही जमिनको पूर्ण सदुपयोग गरी व्यावसायिक र वैज्ञानिक खेतिपाती प्रणाली अबलम्बन गरी कृषि क्षेत्रको व्यापक विकास गर्नु उत्तम देखिन्छ । यो गाउँपालिकामा चुनढुङ्गा र कोइलाको भण्डार रहेकाले त्यसको उत्खनन्बाट समेत आर्थिक लाभ लिन सकिन्छ ।

यसका साथै राष्ट्रिय र अन्तराष्ट्रियरूपमै ख्याति कमाएको प्रसिद्ध स्वर्गद्वारी धामको प्रमुख प्रवेशद्वारमा रहेको यो गाउँपालिकाले धार्मिक पर्यटनमार्फत समेत लाभ लिन सकिन्छ । विश्वकै सबैभन्दा ठुलो हिन्दु जनसङ्ख्या भएको भारतबाट स्वर्गद्वारी आउने पर्यटकको सङ्ख्या उल्लेख्य भएकाले पर्यटन पूर्वाधारको विकासमार्फत राष्ट्रिय र अन्तराष्ट्रिय पर्यटकको बसाई लम्ब्याउने क्रियाकलाप सञ्चालन गर्न सके गाउँपालिकाको आर्थिक समृद्धिमा यो सहायक सिद्ध हुन सक्छ । यसर्थ यो गाउँपालिकाका विकासका आधारशिलाहरू वन, कृषि, खानी र पर्यटन हुन् ।

जनसाङ्खिक सूचक

महिला    12288

पुरुष    11532

तेश्रो लिङ्गी    35

औसत परिवार संख्या

5.4

मातृभाषा
भाषा वडा नं. १ वडा नं. २ वडा नं. ३ वडा नं. ४ वडा नं. ५ वडा नं. ६ वडा नं. ७ वडा नं. ८ जम्मा
नेपाली भाषा/ खस पर्वते भाषा 2,251 1,669 3,831 2,981 2,749 3,302 3,456 1,941 22,180
खस भाषा 0 0 0 0 0 0 0 1,656 1,656
खाम भाषा 0 0 0 0 0 0 0 13 13
अंगिका भाषा 0 0 0 3 0 0 0 0 3
आठपहरिया भाषा 0 0 0 1 0 0 0 0 1
काईके भाषा 0 0 0 0 1 0 0 0 1
दार्चुलेली भाषा 0 0 0 0 0 0 1 0 1
जम्मा 2,251 1,669 3,831 2,985 2,750 3,302 3,457 3,610 23,855
बसोबासको अवस्था
शिर्षक मान प्रतिशत
गणना गरेको ठाउँमा बसेको 20348 85.2
विदेशमा बसेको 2798 11.8
सम्पर्क बिहिन/बेपत्ता 18 0.09
स्वदेशमा अन्यत्र बसेको 691 2.9
आफ्नो उत्पादन/आम्दानीले कति महिना खान पुग्छ ?
शिर्षक घरधुरी जनसंख्या
९ महिना भन्दा बढि 1044 5084
४ देखि ६ महिना 2161 11806
७ देखि ९ महिना 450 2561
३ महिना सम्म 718 4404/td>
सरकारी परिचयपत्रहरु
शिर्षक मान प्रतिशत
एकल महिला परिचयपत्र 290 5.86
गरिब परिचयपत्र 3 0.06
छैन 85 1.72
जेष्ठ नागरिक परिचयपत्र 212 4.29
राष्ट्रिय परिचयपत्र 70 1.42
थाहा छैन 1 0.02
नागरिकता 4285 86.64
प्राप्त गरेको तालिमहरु
पेशा
वैवाहिक स्थिति
कृषि उपज उत्पादन वा बिक्री

    मकै

    202

    धान

    149

    गहुँ

    192

    आलु

    26

    भट्टमास

    1

    तोरी/सस्र्यु

    133

    जौ

    3

    सिमी

    7

    काँक्रो,लौका,फर्सी

    1

    खोर्सानी

    4

    बन्दा/काउली/रायो

    7

    मुसरो

    2

    केरा/मेवा

    1

    गोलभेंडा

    10

    प्याज/लसुन

    4

    काँक्रो,लौका,फर्सी,स्कुस

    1

    करेला,घिरौला,चिचिण्डो

    1

    दाल

    2

    चना

    28

    सुन्तला/कागती(अमिलोेजात)

    1

    अदुवा/वेसार

    1

    केराउ

    71

    मास

    5

    फापर

    1

कृषि कार्यका लागि जग्गा प्रयोग
परिवारले कुनै चौपाया, माछा तथा पशुपंक्षी पाल्नुभएको
खानेपानीको मुख्य स्रोत
शिर्षक मान प्रतिशत
पाइपधारा घर कम्पाउण्डमा 935 21.39
ट्युववेल/हेन्डपम्प 0 0
पाइपधारा सार्वजनिक 2277 52.09
मूलको पानी 963 22.03
डिप वोरिङ्ग 7 0.16
नदी खोला 61 1.4
नढाकिएको इनार/कुवा 127 2.91
ढाकिएको इनार/कुवा 1 0.02
अन्य 0 0
परिवारले प्रयोग गर्ने बत्तीको मुख्य श्रोत
शिर्षक मान प्रतिशत
जलविद्युत 2116 49.8
सोलार 2033 47.85
मट्टीतेल 94 2.21
अन्य 0 0
बायोग्यास 6 0.14
खाना पकाउन मुख्य इन्धन
शिर्षक मान प्रतिशत
दाउरा 4300 98.38
एल पि ग्यास 41 0.94
वायोग्यास 19 0.43
मट्टीतेल 9 0.21
गुइठा 0 0
अन्य 0 0
विद्युत 2 0.05
शौचालयको प्रकार
शिर्षक मान प्रतिशत
फ्लस भएको (सेप्टिक ट्याङ्क) 2089 47.77
साधारण 1873 42.83
शौचालय नभएको 276 6.31
फ्लस भएको (सार्वजनिक ढल) 135 3.09
स्वास्थ्य अवस्था
स्वास्थ्य पूर्वाधारहरु
अपाङ्गताको स्थिति
शिर्षक मान प्रतिशत
अपाङ्गता नभएको 4342 99.29
शारीरिक अपाङ्गता 18 0.41
वोल्न तथा सुन्न नसक्ने (बहिरा) 8 0.18
दृष्टिविहीन (आँखा नदेख्ने) 3 0.07
वौद्धिक अपाङ्गता 0 0
अन्य 0 0
स्वर वोलाईसम्बन्धी अपाङ्गता (भकभके) 2 0.05
मनोसामाजिक अपाङ्गता 0 0
श्रवण दृष्टीविहीन 0 0
अपाङ्गताको परिचयपत्र
शिर्षक मान प्रतिशत
लिएको छैन 1 1.1
निलो रंगको परिचयपत्र (ख बर्गको) 3 3.3
थाहा छैन 85 93.41
रातो रंगको परिचयपत्र (क बर्गको) 1 1.1
पहेँलो रंगको परिचयपत्र (ग बर्गको) 1 1.1
सेतो रंगको परिचयपत्र (घ बर्गको) 0 0
सुविधा
वैंक तथा वित्तीय संस्थामा खाता
आमदानी / खर्च
छानाको प्रकार
शिर्षक मान प्रतिशत
जस्ता वा च्यादर छाना भएको 2368 54.21
आरसिसि ढलान भएको 31 0.71
टायल वा ढुङ्गाको छाना भएको 23 0.53
फुस वा खरको छाना भएको 1944 44.51
काठको छाना भएको 1 0.02
अन्य 0 0
माटोको छाना भएको 1 0.02
बसेको घर भूकम्प प्रतिरोधी
शिर्षक मान प्रतिशत
छैन 337 7.71
3951 90.35
थाहा छैन 85 1.94
बसेको घरको जगको प्रकार
शिर्षक मान प्रतिशत
सिमेन्ट र ढुङ्गा 317 7.25
माटो र ढुङ्गा 3409 77.96
काठको खम्बा 645 14.75
फ्रेम स्ट्रक्चर 2 0.05
लोड वेयरिङ्ग 0 0
अन्य 0 0